३१ जेठ २०८३, आइतबार

भारत : वृद्ध जोडीले विगत ११ वर्षदेखि टालिरहेछन् सडक, सरकारलाई कुरीकुरी

असार २७, २०७८
भारत : वृद्ध जोडीले विगत ११ वर्षदेखि टालिरहेछन् सडक, सरकारलाई कुरीकुरी

भारतको तेलंगाना राज्यमा रहेको हैदराबादमा वृद्धवृद्धाको एक जोडीले विगत ११ वर्षदेखि सडकमा परेका भ्वांगहरू टाल्ने गरेका छन् । 
 

जीटी कटनाम नामक ती वृद्धले समाचार संस्था एएनआईलाई बताए, ‘भारतीय रेलवेको जागिरबाट सेवानिवृत्त भएपछि म यहाँ आएको हुँ । सडकमा परेका भ्वांगका कारण दिनदिनै दुर्घटना भएको मैले पाएँ । मैले सम्बन्धित अधिकारीहरूलाई यस विषयमा बताए पनि यो समस्या समाधान भएन ।’

उनले थपे, ‘त्यसपछि मैले सडक आफैं टाल्ने निर्णय लिएँ । म पेन्सनबाट खर्च गरिरहेको छु । अहिलेसम्म मैले दुई हजारभन्दा बढी भ्वांगहरू टालिसकेको छु ।’

गंगाधर तिलक कटनामले पत्नी वेंकटेश्वरी कटनामसँग मिलेर सडकका खाल्डा टालेको दृश्यले राज्य सरकारलाई कुरीकुरी गरेको भनी मानिसहरूले टिप्पणी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्