०२ असार २०८३, मंगलबार

एकैपटक कोरोनाका दुई भेरिएन्टबाट संक्रमित भइन् महिला

असार २७, २०७८
एकैपटक कोरोनाका दुई भेरिएन्टबाट संक्रमित भइन् महिला

संसारभरि कोरोनाका नयाँ नयाँ भेरिएन्टहरू फैलिरहेका छन् । 

बेल्जियममा एक महिला दुई बेग्लाबेग्लै भेरिएन्टबाट एकैपटक संक्रमित भएकी छन् । त्यस्तो संक्रमण भएको पाँचौं दिन महिलाको मृत्यु भएको छ । 

यस्तो घटना सार्वजनिक भएपछि अनुसन्धाताहरूको चिन्ता बढेको छ । यस्ता केसहरूले कोरोनाविरुद्धको लडाइँ थप गाह्रो बनाउने उनीहरूको भनाइ छ । 
 

ब्लूमबर्गको रिपोर्टअनुसार, ९० वर्षकी महिलालाई एकैपटक अल्फा र बिटा भेरिएन्टको संक्रमण भएको हो । महिलाले खोप लगाएकी थिइनन् र घरैमा बसेर उपचार गराइरहेकी थिइन् । स्वासथ्य निकै बिग्रेपछि मार्च महिनामा उनलाई ओएलवी अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालमा महिलाको कोरोना टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आयो । पहिला त ती महिलाको अक्सिजन स्तर राम्रै थियो तर पछि स्वास्थ्य बिग्रँदै गयो । पाँचौं दिन त मृत्यु नै भयो । 
 

भेरिएन्टबाट बच्नका लागि खोप कति आवश्यक छ भन्ने कुरा पनि यसले प्रमाणित गरेको छ । 

अस्पतालका मेडिकल स्टाफले महिलाको कोरोना टेस्ट गर्दा एकैपटक दुईवटा भेरिएन्ट पाए । अल्फा भेरिएन्ट पहिला बेलायतमा अनि बिटा भेरिएन्ट पहिला दक्षिण अफ्रिकामा फेला परेको थियो । 
 

अनुसन्धाताहरूले यसलाई गम्भीरतापूर्वक लिन सल्लाह दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्