२३ जेठ २०८३, शनिबार
एमाले विवाद समाधानको प्रयास

एमाले कार्यदलको बैठक ५ घण्टादेखि जारी, ८ बजे नै हुने भनिएको हस्ताक्षर २ बजेसम्म पनि अनिश्चित

एमाले कार्यदलको बैठक ५ घण्टादेखि जारी, ८ बजे नै हुने भनिएको हस्ताक्षर २ बजेसम्म पनि अनिश्चित

नेकपा एमाले कार्यदलको बैठक झण्डै ५ घण्टादेखि सिंहदरबारमा बसिरहेको छ ।

अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको हो ।

कार्यदलमा भएको सहमतिलाई भाषिक रूपमा मिलाएर हस्ताक्षर गरिने कार्यदलका एक संयोजक सुवास नेम्वाङले बैठकअघि बताएका थिए । 

कार्यदलको बैठकअघि माधव नेपाल पक्षका सदस्यहरूले नेता नेपालसँग परामर्श गरेका थिए ।

कार्यदलका सदस्यहरूले माधव नेपाललाई भेटेपछि हस्ताक्षरमा ढिलाइ भएको भन्दै संस्थापन पक्षका नेताहरूले आशंका व्यक्त गरेका छन् । 

नेता नेपालले अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा प्रभावित गर्नेगरी कुनै सम्झौता नगर्ने अडान लिएको स्रोतको भनाइ छ । 

कार्यदलले अदालती मुद्दा प्रभावित नहुनेगरी सहमतिको मस्यौदा गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । 

६ दिन लामो छलफल पछि कार्यदल पार्टीमा देखिएको विवाद समाधान गर्न सफल भएको सदस्यहरूले बताएका छन् । 

बैठकमा प्रवेश गर्नुअघि नेताहरूले आजै हस्ताक्षर गर्ने बताएका थिए । कार्यदलका सदस्य गोकर्ण विष्टले आइतवार बिहान पार्टी कार्यकर्तालाई सकारात्मक सन्देश दिने बताएका थिए । 

कार्यदलमा भएको सहमतिलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई बुझाइने एक सदस्यले जानकारी दिए । 

पार्टी विवाद मिलाउन संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा जेठ २ गते पाँच–पाँच जना सदस्य रहनेगरी कार्यदल गठन गरिएको थियो । 

कार्यदलमा सहमति भएसँगै ५ महिना लामो एमाले विवाद टुंगिने अपेक्षा गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्