
प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका सहकुलबहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतवार एक समारोहबीच एआईजी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
असार २४ को मन्त्रिपरिषद् बैठकले थापालाई एआईजीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
आईजीपी क्षेत्रीले उनलाई दायित्व र जिम्मेवारीलाई प्रतिबद्धताअनुरुप नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए ।
एआईजी थापाले मन, वचन र कर्मले संगठनको उद्देश्य प्राप्तिका लागि काम गर्ने प्रतिबद्धता जनाए ।