
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा लैजाने कुनै योजना नबनाएको दावी गरेको छ ।
मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरणको प्रक्रियामा हालसम्म कुनै योजना नभएको जनाएका हुन् ।
पछिल्ला दिनहरूमा सरकारले निगमलाई निजीकरण गर्न लागेको भन्दै चर्को विरोध हुँदै आएको छ ।
विभिन्न राजनीतिक दल लगायतका अन्य सरोकारवालाहरूले पनि यसबारे विरोध गर्दै आएका छन् ।
