०३ असार २०८३, बुधबार

चुच्चे नक्शा र संविधानसहित काठमाडौंमा युवा संघको प्रदर्शन

चुच्चे नक्शा र संविधानसहित काठमाडौंमा युवा संघको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । 

प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालका युवाहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । 

वर्तमान सरकार र नेकपा एमालेविरूद्धको घेराबन्दीविरूद्ध आफूहरू प्रदर्शनमा उत्रिएको उनीहरूले बताए । 

विपक्षी गठबन्धनमा संलग्न भएका राजनीतिक दलका विद्यार्थी संगठनहरू चरणबद्ध आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री तथा सरकारको समर्थनमा सत्तारूढ दलका युवाहरू पनि प्रतिकारात्मक प्रदर्शनमा उत्रिएका हुन् । 

राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष किरण पौडेलले सरकारविरूद्ध चौतर्फी घेराबन्दी भएपछि आफूहरू प्रतिकारमा उत्रिएको बताए । 

उनले राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध भएका गतिविधिहरूको जस्ताको तस्तै जवाफ दिने चेतावनी दिए । 

प्रदर्शनमा सहभागी युवाहरूले केपी ओलीको चित्र अनुहारमा कोरेका थिए । उनीहरूले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजी गर्नुको साथै नेपालको नक्शा र संविधान प्रदर्शन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्