१३ असार २०८३, शनिबार

विदेशमा थप १२ जना नेपालीको मृत्यु

विदेशमा थप १२ जना नेपालीको मृत्यु

कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।  

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार शनिवार साँझ ( १० जुलाई) सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन् ।

संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर,  भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्