२३ असार २०८३, मंगलबार
एमाले विवाद

एमाले कार्यदल अपडेट : बैठकस्थलमा प्रवेश गर्दै घनश्यामले भने– हिजो भन्दा केही प्रगति छैन

एमाले कार्यदल अपडेट : बैठकस्थलमा प्रवेश गर्दै घनश्यामले भने– हिजो भन्दा केही प्रगति छैन

पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक चलिरहेको समयमा अर्थ मन्त्रालयबाट बाहिरिएका एमाले उपमहासचिव घनश्याम भुसालले वार्तामा खासै प्रगति नभएको बताएका छन् ।
कार्यदल बैठक चलिरहेको समयमा उनी राति साढे ७ बजे बाहिरिएका थिए । सवा ८ बजे बैठक स्थलमा प्रवेश गर्दै गर्दा भुसालले वार्तामा खासै प्रगति नभएको बताए । ‘हिजो जहाँ थियो आज पनि त्यही छौं’ भुसालले भने ।

भुसालले दिउसो माधव नेपालसँग परामर्श गरेका थिए । कार्यदलको बैठक विहान सवा ९ बजेदेखि बसिरहेको छ । एक कार्यक्रममा सहभागि हुन बाहिरिएका अर्थमन्त्री विष्णु पौडेल पनि पुनः बैठक स्थलमा पुगेका छन् । कार्यदलको बैठकलाई देखाएर एमाले स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित गरिएको महासचिव इश्वर पोखरेलले जानकारी गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्