
पार्टी भित्रको विबाद समाधान गर्न गठित नेकपा एमाले कार्यदलका एकजना सदस्य सुवास नेम्वाङले कार्यदलले आजै सहमति गर्ने दावी गरेका छन् ।
राति पौने ९ बजे बैठक स्थल बाहिर आएर नेम्वाङले आजै सहमतिमा हस्ताक्षर गर्ने बताएका हुन् । ‘आजै सहमतिमा हस्ताक्षर गरेर फूटबल हेर्न जाने हो’ नेम्वाङले भने । युरोकपको उपाधीका लागि आइतवार मध्यरातमा इग्ल्याण्ड र इटालीबीचको गेम हुँदैछ । एमाले कार्यदलको बैठक बिहान सवा ९ बजेदेखि बसिरहेको छ।