०६ साउन २०८३, बुधबार
एमाले विवाद

एमाले कार्यदल बैठक १२ घण्टादेखि सिंहदरबारमा जारी, सहमतिमा आजै हस्ताक्षर गर्ने नेम्वाङको दावी

एमाले कार्यदल बैठक १२ घण्टादेखि सिंहदरबारमा जारी, सहमतिमा आजै हस्ताक्षर गर्ने नेम्वाङको दावी

पार्टी विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक झण्डै १२ घण्टादेखि सिंहदरबारमा बसिरहेको छ । अर्थ मन्त्रालय सिंहदरबारमा बिहान सवा ९ बजे शुरु भएको कार्यदलको बैठक राति साढे ९ बजेसम्म चलिरहेको छ । कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले आजै सहमति गरेर हस्ताक्षर गर्ने दावी गरेका छन् ।

कार्यदलको बैठक चलिरहेको समयमा उपमहासचिव घनश्याम भुसालले माधव नेपालसँग भेटवार्ता गरेका थिए । कार्यदलमा सहमतिमा ढिलाइ भएपछि आइतवार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक भोलि सम्मको लागि स्थगित गरिएको छ । एमाले केन्द्रीय कमिटीको बैठक मंगलवारको लागि बोलाइएको छ ।

सहमतिको प्रयास स्वरुप एमाले कार्यदलको बैठक असार २१ गते सोमवार देखि लगातार बसिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्