राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मृत्यु संस्कारमा समयसापेक्ष परिवर्तन आवश्यक रहेको बताएका छन् । जनमोर्चा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सल्लाहकार तिलक सुवेदीका पिता शालिकरामको १२ औँ दिनका पुण्यतिथिमा आज सुनवलमा आयोजित शोकसभालाई सम्बोधन गर्दै नेता केसीले अव्यावहारिक संस्कार परिवर्तनका लागि सांस्कृतिक आन्दोलन जरुरी रहेकामा जोड दिए ।
जनमोर्चाका सल्लाहकार सुवेदीले मृत्यु संस्कार रुढीवादी र अवैज्ञानिक भएको बताउँदै आफ्ना मातापिताको क्रियाकर्म नगरेको जानकारी दिए ।