२६ असार २०८३, शुक्रबार

बेलायती आमनिर्वाचनको मतदान शुरु

कात्तिक २०, २०७४
बेलायती आमनिर्वाचनको मतदान शुरु

काठमाडौं, २५ जेठ — बेलायतको आमनिर्वाचनमा मतदान गर्नका लागि बिहीवार मतदान केन्द्रहरू खुलेका छन् ।
स्थानीय समयअनुसार बिहान ७ बजे देशभरिका ४० हजार मतदानकेन्द्रमा मतदान शुरु भएको छ । मतदान राति १० बजे बन्द हुनेबित्तिकै गणना शुरु भइहाल्नेछ ।


बेलायती संसद् वेस्टमिन्स्टरका ६५० सांसद यो निर्वाचनबाट छानिनेछन् । बेलायतमा चार करोड ६९ लाख मतदाता छन् ।

हुलाकबाट मतदान भइसकेका छन् । सन् २०१५ को आमनिर्वाचनमा १६.४ प्रतिशत मतदाताले हुलाकबाट मतदान गरेका थिए ।

त्यतिखेरको आमनिर्वाचनमा कन्जर्भेटिभहरूले ६५० मध्ये ३३१ सीट जितेका थिए ।

केही सीटको मतपरिणाम मध्यरातमा घोषणा हुने अपेक्षा छ भने अन्तिम परिणाम शुक्रवार मध्याह्नसम्म आइसक्नेछ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्