२६ जेठ २०८३, मंगलबार

सरकारमा सहभागिताको विषयमा छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

सरकारमा सहभागिताको विषयमा छलफल गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

प्रतिनिधि सभा पुन:स्थापना पछिको अवस्थाको समीक्षा र सरकारमा सहभागिता लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बिहान ९ बजेका लागि बैठक राखिएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

सर्वोच्च अदालतको फैसलाअनुसार मंगलवार प्रधानमन्त्री पदको शपथ लिन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलवार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।

सरकारमा पार्टीको सहभागिताको विषयमा माओवादीले छलफल गर्न लागेको हो । सरकार गठन लगायत विषयमा मंगलवार नै कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको बैठक बस्न लागेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्