
मंगलवार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।
दिउँसो एक बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको एमाले सचिव शेर बहादुर तामाङले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार आज बस्ने स्थायी कमिटी बैठकमा मुख्यगरी तीन एजेण्डामा छलफल हुनेछ ।
बैठकमा एमाले भित्रको आन्तरिक विवाद मिलाउनका लागि गठित कार्यदलमा भएको सहमतिको १० बुँदालाई अनुमोदन गरिनेछ ।
यस्तै सोमवार सर्वोच्च अदालतले गरेको फैसला र यसपछिको राजनीतिक घटनाक्रमबारे पनि एमाले स्थायी कमिटी बैठकमा छलफल हुने छ ।
सचिव तामाङका अनुसार, केन्द्रीय कमिटीको बैठकको एजेण्डाबारे पनि स्थायी कमिटीमा छलफल हुने छ ।