२७ जेठ २०८३, बुधबार

चीनको सुचोमा होटलको भवन भत्किँदा ८ जनाको मृत्यु

असार २९, २०७८
चीनको सुचोमा होटलको भवन भत्किँदा ८ जनाको मृत्यु

चीनको सुचो शहरमा एक होटलको भवन भत्किँदा आठजनाको मृत्यु भएको छ ।
 

उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका नौजनाको खोजी गरिरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएका छन् । 
 

सिजी काइयुआन होटल सोमवार अपराह्न भत्केको थियो । आकस्मिक व्यवस्थापन मन्त्रालयले उद्धारका लागि एक टोली पठाएको छ । 

भवन कसरी भत्कियो भन्ने विषयमा अनुसन्धान चलिरहेको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरूको खोजी गरिरहेको तस्वीर सिन्ह्वाले प्रकाशन गरेको छ । 
 

सिजी काइयुआन सन् २०१८ मा बजेट होटलका रूपमा खुलेको हो । होटलका तीन तल्लाहरू भत्केका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्