३० असार २०८३, मंगलबार

इराक अस्पतालको कोभिड वार्डमा भीषण आगलागी, ५२ जनाको मृत्यु

असार २९, २०७८
इराक अस्पतालको कोभिड वार्डमा भीषण आगलागी, ५२ जनाको मृत्यु

इराकको दक्षिणी शहर नसीरियाको एक अस्पतालमा रहेको कोरोना वार्डमा भीषण आगलागी भएपछि कम्तीमा ५२ जना जिउँदै डढेर मरेका छन् । 

घटनामा ६७ जनाभन्दा बढी मानिस घाइते भएका छन् । 

आगो नियन्त्रणमा आइसकेको छ र उद्धारको काम भइरहेको छ । 

मर्नेको संख्या बढ्ने आशंका गरिएको छ । 

अहिलेसम्म १६ जनालाई अस्पतालबाट निकालिएको छ । स्थानीय स्वास्थ्य अधिकारी हैदर अल जमीलीले आगोका कारण पीडितहरू नराम्ररी डढेको र लाश चिन्न समेत गाह्रो परिरहेको बताए । 

अक्सिजन ट्यांकहरू विस्फोट भएर आगो लागेको उनको भनाइ छ । 

घटनाको भिडियोमा अस्पतालबाट धूवाँको मुश्लो निस्किएको देखिन्छ । धूवाँका कारण मानिसहरूले बेस्सरी खोकेको पनि सुनिएको छ ।

केही महिनाअघि पनि अर्को अस्पतालको कोभिड वार्डमा आगलागी भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्