३० जेठ २०८३, शनिबार

क्युबामा किन चर्कियो सरकारविरोधी प्रदर्शन ?

असार २९, २०७८
क्युबामा किन चर्कियो सरकारविरोधी प्रदर्शन ?

क्युबामा विगत कैयौं दशकमा सबभन्दा ठूलो विरोध प्रदर्शन निकालिएपछि मंगलवारसम्म १०० भन्दा बढी मानिसलाई पक्राउ गरिएको छ । 

उक्त देशमा चरम आर्थिक संकटको अवस्था छ । कोरोना महामारीका कारण खाद्यान्न तथा औषधिको अभाव छ भने पर्यटन उद्योग धराशायी भएको छ । 

त्यसैले जनतामा आक्रोशको स्थिति छ । 
 

सरकारविरोधी प्रदर्शन चर्किंदै गएपछि इन्टरनेट बन्द गरिएको, स्वेच्छाचारी रूपमा मानिसहरूलाई पक्राउ गरिएको तथा अत्यधिक बलप्रयोग गरेर प्रदर्शनकारीहरूमाथि दमन गरिएको एम्नेस्टी इन्टरनेसनले एक बयान जारी गरेर जनाएको छ । 

प्रहरीले प्रदर्शनकारीमाथि गोली समेत चलाएको छ । धेरै मानिस हराइरहेका छन् । 

सोमवार संसद् भवनलाई सुरक्षाघेरामा राखिएको थियो । सडकमा प्रहरीको बाक्लो उपस्थिति छ । 

विपक्षी दलका नेता तथा कार्यकर्तालाई धरपकड गरिएको छ । 

क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले प्रदर्शनका लागि अमेरिकी प्रतिबन्धलाई दोषी ठहर गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्