काठमाडौं, २५ जेठ– सर्वाधिक धनराशीको परस्कार भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लवले बाँडेका छन् ।
फाइनलको खेल बर्साले प्रभावित भएपछि दुवै टोलीले उपाधि बाँडेका हुन् । दुबै टोलीले पुरस्कार स्वरुप १५–१५ लाख रुपैयाँ पाएका छन् ।
प्रतियोगिताको विजेताले पाउने २० लाख र उपविजेताले पाउने १० लाख गरी ३० लाखको आधा आधा गरेर दुवै टोलीले १५–१५ लाख रुपैयाँ नगद पुरस्कार पाएका हुन् ।
किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनल खेलमा पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले १२६ रन बनाउँदै आर्मीलाई १२७ रनको लक्ष्य दिएको थियो ।
पुलिसले दिएको लक्ष्य पछ्याउने क्रममा आर्मीले २.३ ओभरमा १ विकटे गुमाएर ७ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो । त्यसपछि खेल सुरु हुन सकेन ।
टस हारेर व्याटिङ गरेको पुलिसले १२६ रनको योगफल चयार गर्न ४५ ओभर १ बलमा सबै विकेट गुमाएरको थियो । पुलिसका लागि सुनिल धमलाले ३२, सिद्धान्त लोहनीले २० र दिपेन्दै सिंह ऐरीले १९ रन बनाए ।