×

NMB BANK
NIC ASIA

आलेख

हात हेराउँदा ज्योतिषीले प्रधानमन्त्री हुन्छस् भन्थे भन्नलाई ...

असार २९, २०७८

NTC
Premier Steels

खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै घुमाइफिराइ प्रधानमन्त्री पद कांग्रेस सभापति शेरबहादुर देउवाकै मुखमा आइपुगेको छ । जुँगाले छेक्दैन भन्ने उखान कसले शुरू गरेको हो, जसले गरे पनि त्यो दिमागवाला नै रहेछ । 

Muktinath Bank

हिन्दीमा एउटा कहावत छ, 'उपरवाला जब देता हे तो छप्पड फाड्के देता हे ।' यतिखेर भगवानले देउवाका लागि फेरि एकपटक छप्पड फाडेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरे यार, राम र सीताको मूर्ति केपी ओलीले बनाउने, पशुपतिमा सुनको गजुर पनि केपी ओलीले नै हाल्ने तर भगवानले 'छप्पड फाडेर' दिनेचाहिँ देउवालाई मात्र किन होला ? यो प्रश्न निकै रहस्यमयी बनेको  छ । 


Advertisment
Nabil box
Kumari

ज्योतिषीले भविष्यवाणी गरेजस्तै करीब तोकिएकै घडीपलामा देउवाले शपथ लिनेछन् । म जे बोल्छु, सत्य मात्र बोल्छु, पदमा रहँदा वा नरहँदा सत्यबाहेक केही बोल्दिनँ भन्नेछन् । बालुवाटारमा देउवाको सिरानी, डसना फेरिँदैछन् । नचाहेरै पनि मनभरी सागरजस्तै गहिरो पीर बोकेर ओली बालकोट हुत्तिँदैछन् ।

Vianet communication

एकबारको जुनीमा पाँचौंपटक प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति धेरैपटक प्रधानमन्त्री बनेको नेताका रूपमा गिनिज बूकमा चाँडै लेखिने सम्‍भावना पनि छ।

कसैलाई पनि तितोपिरो नगरी, गालीगलौज नगरी भन्ने नै हो भने प्रतिपक्षको भूमिका पनि राम्रोसँग ननिभाइ एकप्रकारले आरामको जिन्दगी बिताइरहेका देउवालाई कम्युनिस्टहरूले नै सत्ता सुम्पिएका छन् ।

देउवाका लागि प्रधानमन्त्री पद 'खाए खा, नखाए घिच'जस्तो बनेको थियो । यसकारण ओलीको असफलताको भार देउवाले भोग्नुपर्छ वा यसप्रकारको तरल घटनाक्रमको दोष देउवालाई दिनुपर्छ भन्नेहरू 'पोल्टिकल्ली अनफिट' हुन् ।

ओलीको असफल तिकडम, छलछाम, जालझेल र संविधानमाथि धोकाधडीका कारण सुतेर बसिरहेका देउवा जर्‍याकजुरुक उठ्नुपरेको छ । जनताले आँसु, पसिना र रगत बगाएर ल्याएको  दक्षिणपन्थी कन्जरभेटिभ धारबाट धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भएको निरन्तर प्रहारको शिखरमाथि बसेर देउवाले 'कोर्स करेक्सन' अर्थात् ओली गुटले संविधानको नाममा गरेको धोकाधडी र जनताका नाममा गरेको पापको क्षमा पूजा गर्नुपर्दछ । 

प्रजातन्त्र र लोकतान्त्रिक व्यवस्था रक्षाका लागि बीपी, गिरिजा हुँदै अब देउवाको काँधमा संघीन भूमिका आइलागेको छ । यस सुखद् अवसरमा शेरबहादुर देउवाका ज्योतिषी तथा  वास्तुविद् सुरेशचन्द्र रिजालजीलाई धेरैधेरै धन्यवाद र बधाई दिन चाहन्छु । सलाम गर्न पनि चाहन्छु, किनकी उहाँको भविष्यवाणीकै कारण देउवामा एक प्रकारको आत्मबोध, आन्तरिक ऊर्जा अर्थात् तत्वबोध प्राप्त भएको हो भन्ने लाग्दछ । राजनीति र अध्यात्मवाद एक अर्कामा के कति परिपूरक छन् त्यो त खोजकै विषय भयो, तर देउवाको आत्मालाई सुरेशचन्द्रजीको भविष्यवाणीले ऊर्जा दिएको सत्य हो ।

मलाई पनि सानो छँदा गाउँका एकजना जान्ने ज्योतिषीले ३० वर्ष काटेपछि डोकोभरी अट्ने पैसा कमाउँछस् भनेको थियो । मैले डोकोभरी अट्ने पैसा नै कमाएँ । तर डोको भर्न एक-एक रुपैयाँको खुद्रा बनाउनुपर्ने हुन्छ । जो होस्, जसरी पनि पैसा त डोकोभरी नै भयो नि ? हजार-हजारको युरो त भनेका थिएनन्, क्यारे । यसकारण ती जान्ने ज्योतिषीबाको कुरा ठीकै रहेछ भन्ने तत्वबोध हाल आएर प्रतित हुन्छ । 

ज्योतिषीले भनेजस्तै देउवा ७ पटक प्रधानमन्त्री बन्ने निश्तिचप्राय: किन छ भने यसपालि ५ पटक भयो । अब चुनाव भएपछि एकपटक गरी कुल मिलाएर ६ पटक भयो । त्यसपश्चात सहमतिको सरकार फेरि बन्ला । त्यसमा कम्युनिस्टहरू मिल्ने कुरा त्यस्तै हो । देउवा नै प्रधानमन्त्री बन्ने देखिन्छ । यसरी हेर्दा देउवा ७ पटक प्रधानमन्त्री बन्ने देखिन्छ । अनि प्रचण्ड? प्रचण्डको के हुन्छ त? 

हो अब प्रचण्डलाई देशभरी नै कांग्रेसले भटाभोट भोट हाल्नुपर्छ। जताजता एमालेको जित्ने जस्तो छ, त्यहाँ माओवादीलाई जिताउनु पर्दछ । अबको एक सय वर्ष कांग्रेस र माओवादी मिलेर यो देशलाई स्वीट्जरल्यान्डकै हाराहारीमा पुर्‍याउनु पर्दछ । एमालेले जनतालाई निराशा मात्र दियो । जब राजकाज चलाउनुपर्ने दलले देशको संविधानमाथि हमला गर्छ, त्यो दल भाइरस बराबर नै हो ।

गगनहरू, विश्वप्रकाशहरू चिच्चाउँदा समेत चुपचाप प्रतिपक्षको भूमिका पनि ननिभाइकन सुतिरहेका देउवालाई कम्युनिस्टहरूले आफैँ गएर डिस्टर्ब गरेर ब्यूँझाइदिएका छन् । हुँदाखाँदाको दुईतिहाइ बहुमत ध्वस्त गरेर अदालतमा फिराद पत्र लेखेर बसिरहेका केपी ओली अब 'ओराली लागेको हरिणको चाल भो' झैँ बनेका छन् । 

भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट पैदा भएजस्तै देउवाको ओठमा मुस्कान छाउँदा देशमा केही न केही राम्रो हुन्छ भन्ने कांग्रेसजनको जनविश्वास पाइन्छ । असारको झरी नै किन नहोस्, बूढानीलकण्ठका आँगनमा फूलहरूलाई समेत बैंस आएको छ । जिल्ला-जिल्लाबाट देउवा काकालाई भेट्न हजारौं भतिजाहरू अब रात्रि बस चढ्नेवाला छन्। र “जय नेपाल काका” भन्ने शब्दमा फेरि एकपटक स्फूर्ति जाग्नेवाला छ । यो धेरै राम्रो भएको छ ।

गिरिजाबाबु, जसले सहमति, सहकार्य र एकतामार्फत युद्धरत तत्कालीन माओवादीसँग वार्तालाप गरेर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत जगसम्म ल्याइपुर्‍याएका थिए, त्यो दृष्टिबाट हेर्दा संसद्को निर्मम हत्या, संविधानमाथिको लगातार प्रहार र संघीय गणतन्त्रमाथिकै धोकाधडी कांग्रेसले टाढैबाट सहेर बस्न मिल्ने प्रकृतिको थिएन ।

भनाइको अर्थ राजनीतिमा असम्भव भन्ने कुरा केही पनि छैन । देउवाको राजनीति सकियो भनेर सार्वजनिक रूपमा चुनावी भाषण  गर्ने केपी ओलीले अब देउवाकै लागि कुर्ची खाली गरेर निकै हीनताबोध साथ बालुवाटारबाट बालकोटको यात्रा गर्नुपर्ने संवैधानिक बाध्यता आइलागेको छ। सर्वोच्च अदालतमा ४ पाथी दुध दिने भैँसी ब्याएको छ। यो भैँसीको सबैजना मिलेर स्याहार सुसार गर्नु पर्ने देखिएको छ। 

पछिल्लो समय देउवा सुझबुझपूर्ण र परिपक्व नेताको रूपमा उभिएका छन्, किनकी नेपालको राजनीतिमा सिधै आएको बाह्य हस्तक्षेपलाई रोकेर पोलिटिकल कोर्स करेक्सनका लागि देउवाले नआत्तिई, नमात्तिई चालेको जेहेन्दार कदम प्रशंसासोग्य छ ।  हेर्दा उनी रिसाहाजस्तो, सन्काहाजस्तो देखिए पनि उनी आजको मितिमा सर्वाधिक सुझबुझ भएको नेताको रूपमा उभिएका छन् ।

सर्वोच्च अदालतले पछिल्लोपटक राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन संविधानभन्दा प्रतिकूल भएको भन्दै बदर गर्नु र ज्योतिषीले देउवालाई प्रधानमन्त्री बन्ने भविष्यवाणी गर्नु यो चानचुने विषय हैन। यो संयोग पनि हैन। यो परिस्थितिजन्य पनि हैन। यो रहस्यमय हो। ज्योतिषीले २०७४ को निर्वाचनअघि देउवालाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका थिए । यस्तो लाग्छ कि देउवा योगसँग देशको भविष्य जोडिएको छ । 

केपी ओलीको अहंकार यति धेरै थियो कि ओलीले गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ‘कांग्रेसबाट देउवा नै अन्तिम प्रधानमन्त्री’ भनेका थिए । तर भोलिपल्ट कैलालीमा देउवाले ओलीको भनाइप्रति टिप्पणी गर्दै आफूलाई ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने योग छ भनेको बताएका थिए। देउवाको राजनीतिक आधार बलियो छ कि छैन त्यो जनताले जान्ने कुरा होला तर भाग्यको आधार यति बलियो रहेछ कि, मान गए गुरु !

राजनीतिक घटनाक्रम तीन वर्षमा बदलियो र  ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरिदिएपछि कांग्रेस सभापति देउवा फेरि प्रधानमन्त्री बन्ने भविष्यको चित्र देखा पर्‍यो । कुनै ग्रहको कारण नभई एमाले फुट्न सक्दैन । शनि ग्रह, उल्का ग्रह खै के-के ग्रहको प्रभाव पर्‍यो तत्कालीन नेकपा मात्र हैन एमाले पनि एक रहन मुस्किल पर्ने अवस्था आयो ।

देउवाको प्रधानमन्त्री हुने योग कात्तिकबाट शुरु भएको थियो। ग्रह, राशि र नक्षत्रबाट क्याल्कुलेसन गर्दा देउवा प्रधानमन्त्री बन्न सक्ने यो समयमा खासै धेरै फेरबदल देखिन्न । यतिखेर वृहस्पति तल परेको बेला चुनाव हुन सम्भव नभएको र देउवा प्रधानमन्त्री बन्न वृहस्पति गुरु र शनि चेला भएको एकदम राम्रो ग्रह गोचर बनेको ज्योतिषी रिजालले त्यतिबेलै भनेका थिए । गुरु मुनि परेको र चेला माथि परेको बेला चुनावी कार्यक्रम हुनै नसक्ने उनको कथन थियो ।

२०७७ सालमा राजनीतिक उथलपुथल हुन्छ भनेर समेत उनले भविष्यवाणी गरेका थिए। शनि र वृहस्पति त ग्रह नक्षत्रको कुरा गरेका थिए । देउवा राशि कुम्भ भएकै कारण यो राशि ज्यादै बलवान भएर आएको उनले सुनाएका थिए। तर  केपी ओली मकर राशिका हुन् । जुन राशि अहिले कमजोर हुँदै आएको उनको कथन छ । यो राशि कमजोर हुने योग अझै पनि छ अरे। शनिको साढे सात लागिरहेको छ ओलीलाई । ओली र प्रचण्डको राशि योग पनि मिल्दैन । प्रचण्डको मिथुन र ओलीको मकर राशि भएकाले यस्तो भएको पनि समस्या उत्पन्न भएको उनको कथन थियो । 

उनले त्यसबेला एकै ग्रहले दुईटा भूमिका निर्वाह गर्ने भएकाले एकतन्त्रीय शासन पनि आउन सक्ने बताउँदै चनाखो हुनुपर्ने सुझाव देउवालाई दिएका थिए। बीचमा यस्ता चलखेलहरू पनि देखिएकै थिए। वैशाख १ देखि राजा र मन्त्री मंगल भएर आएको छ। एकै ग्रहले दुईटा भूमिका निर्वाह गर्दैछ। एकतन्त्रीय शासन पनि आउनसक्छ भन्ने उनको पूर्वानुमान  थियो। त्यो अनुमानलाई देउवाको ग्रहले जितेको छ। देउवाको भाग्यले पराजित गराइदिएको छ। 

जे होस्, मलाई पनि एकपटक चिना हेराउने रहर जागेको छ। 'सै पनि एमाले मैं पनि एमाले' बोलको गीत गाउने चर्चित लोक गायक बद्री पंगेनीको एउटा गीत छ- हात हेराउँदा ज्योतिषीले राम्रै हुन्छ भन्थे भन्न लाई...।

देउवालाई जस्तै मलाई पनि राम्रै पो हुन्छ कि ? कतै राजकाज चलाउने भविष्य पो छ कि ? 

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x