०१ असार २०८३, सोमबार

‘दर्ता नभएका प्रयोगशालाले पीसीआर परीक्षण नगर्नू’

‘दर्ता नभएका प्रयोगशालाले पीसीआर परीक्षण नगर्नू’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले दर्ता नभएका प्रयोगशालालाई घरमै गएर पीसीआर परीक्षणका लागि स्वाब संकलन नगर्न भनेको छ । 

सूचना जारी गर्दै प्रयोगशालाले प्रोटोकलअनुसार कोभिड–१९ पीसीआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीहरूबाट मात्रै बिरामीको घरबाट नमूना संकलन गर्न सकिने प्रावधान रहेको जनाएको हो । 

जनस्वास्थ्य प्रयोगशालालेअनधिकृत रूपमा दर्ता नभएका प्रयोगशाला र दर्ता भएका तर कोरोना परीक्षणका लागि अनुमति नपाएका प्रयोगशालालाई घरमै गएर पीसीआर परीक्षण नगर्न र सामाजिक सञ्जालहरूमा प्रचारप्रसार समेत नगर्न अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्