१८ असार २०८३, बिहीबार

कस्तूरीको बिनासहित दुई जना पक्राउ

कस्तूरीको बिनासहित दुई जना पक्राउ

संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित ललितपुरमा दुई जना पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर गोदावरी नगरपालिका–१४, ठैवबाट मकवानपुर गढी गाउँपालिका–४ का ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका–३ का ३५ वर्षीय उदयकुमार कोइरालालाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट २५ ग्रामको कस्तूरीको बिना बरामद भएको ब्यूरोले जनाएको छ । 

उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा पेश गरिएको ब्यूरोको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्