०३ असार २०८३, बुधबार

कांग्रेसका तर्फबाट अझै टुंगिएन मन्त्रीको नाम, पहिलो चरणमा कार्की भने समेटिने

कांग्रेसका तर्फबाट अझै टुंगिएन मन्त्रीको नाम, पहिलो चरणमा कार्की भने समेटिने
फाइल फोटो

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार साँझ पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 

माओवादीले सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम देउवालाई बुझाइसकेको छ । तर, कांग्रेसले भने अहिलेसम्म मन्त्री बन्नेको नाम टुङ्ग्याएको छैन ।

स्रोतका अनुसार ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणमा समेटिँदै छन् । कांग्रेसका तर्फबाट बालकृष्ण खाण र डिला संग्रौला पनि मन्त्री बन्ने चर्चा छ ।

जसपाको उपेन्द्र यादव पक्ष आज सरकारमा नजाने भएपछि देउवाले कांग्रेस र माओवादीका तर्फबाट केहीलाई मन्त्री बनाउन लागेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्