३१ जेठ २०८३, आइतबार

भारत लैजाँदै गरेको २२ लाख बराबरको केराउ बरामद

भारत लैजाँदै गरेको २२ लाख बराबरको केराउ बरामद

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २२ लाख बराबरको हरियो केराउ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार बरामद गरेको छ । 

६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा १८० क्विन्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । 

सोमवार राति ५ वटा बेलाटारी र एउटा परासी क्षेत्रबाट पिकअप भ्यान नियन्त्रणमा लिइएको हो । एउटा पिकअप भ्यानमा ३० क्विन्टलका दरले मटर लोड गरिएको थियो ।

सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइने प्रहरी उपरीक्षक यादवले जानकारी दिए । 

नेपालमा भन्दा भारतमा महँगोमा बिक्री हुने भएकाले नवलपरासीको नाका हुँदै भारततर्फ मटर तस्करी हुने गरेको छ । 

प्रहरीले ठूलो मात्रामा मटर बरामद गर्ने गरे पनि तस्करी कार्य भने रोकिएको छैन । अहिले भूजहवा, झोलनीपुर र बसैया नाकाबाट मटर तस्करी हुँदै आएको छ ।  

यसैबीच भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ लाख बराबरका खसी–बोका प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतबाट हिँडाएर ल्याउँदै गरेको अवस्थामा ४५ खसी–बोका सेमरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । खसीबोका भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्