२८ जेठ २०८३, बिहीबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ४० खर्ब

असार २९, २०७८
नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ४० खर्ब

धितोपत्र बजारमा मंगलवार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ विन्दुले उकालो लागेर २ हजार ८७१.०३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ विन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ ।

कूल २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मंगलवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ५० हजार बराबर पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये मंगलवार जीवन बीमा उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

सो उपसूहको शेयर ६६.१९ विन्दुले घट्दा अन्य १२ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १४.२४, व्यापार ८.४१, होटल तथा पर्यटन १९.२९, विकास बैंक ७०.३३, जलविद्युत् १३.९१, वित्त ९३.७८, निर्जीवन बीमा १४.४, उत्पादन ५.०९, अन्य ८.११, लघुवित्त ३३.९३, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४ विन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा मंगलवार नेपाल बंगलादेश बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँ बराबरको कारोबार भयो ।

नेपाल लाइफ इन्स्योरेन्स २३ करोड ३५ लाख ३३ हजार २६८ रुपैयाँ, एनआईसी एसिया बैंक १९ करोड ९५ लाख १९ हजार ८९१ रुपैयाँ, निर्धन उत्थान लघुवित्त १९ करोड ९० लाख ६१ हजार ९८० र नबिल बैंक १८ करोड ३० लाख ९० हजार ६९६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स ६.९८, समृद्धि फाइनान्स ६.७९, मञ्जुश्री फाइनान्स ६.६६, प्रागेसिभ फाइनान्स ६.५९ र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ६.५२ प्रतिशतले कमाए । सानिमा लार्ज क्याप फण्ड ३.०८, सीईडीबी हाइड्रोपावर १.६१, इन्फिनिटी लघुवित्त १.३४, ग्लोबल आईएमई समुन्नत स्किम एक १.२६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.१२ प्रतिशतले गुमाए । 

salt training

कमेन्ट गर्नुहोस्