०६ असार २०८३, शनिबार

गोरखा जनमुक्ति मोर्चाको आन्दोलन उग्र बनेपछि दार्जिलिङमा सेना परिचालन

कात्तिक २०, २०७४
गोरखा जनमुक्ति मोर्चाको आन्दोलन उग्र बनेपछि दार्जिलिङमा सेना परिचालन

काठमाडौं, २५ जेठ –नेपालभाषी गोरखा जनमुक्ति मोर्चाका समर्थक उग्र बनेपछि भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङमा सेना परिचालन गरिएको छ । मोर्चाका हजारौं समर्थकहरूले प्रहरीका सवारी साधन र सरकारी बसमा आगजनी र तोडफोड गर्न थालेपछि पश्चिम बंगालकी मूख्य मन्त्री ममता बेनर्जी नेतृत्वको सरकारले सेना परिचालन गरेको हो ।

प्रदर्शनमा दुवैतर्फबाट केही घाईते भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मोर्चा समर्थकले ढुंगा तथा बोतलले प्रहरीलाई आक्रमण गरेका छन् । उता प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास शेल हानेको जनाइएको छ ।

मूख्यमन्त्री बेनर्जीले गत साता १० कक्षासम्म बेंगाली भाषा अनिवार्य रुपमा पढाउनुपर्ने घोषणा गरेसँगै मोर्चा आन्दोलित भएको हो ।

प्रदर्शनकारीले मूख्यमन्त्रीविरुद्व पुत्ला जलाउने प्रयास गरेका थिए । गोरखाल्याण्ड मागगर्दै दार्जिलिङमा लामो सयमदेखि आन्दोलन हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्