
महानगरीय प्रहरी परिसर काठमाडौंले प्रकाशन गरेको स्मारिका मंगलवार विमोचन गरिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख तथा एआईजी हरिबहादुर पालले सो स्मारिकाको विमोचन गरेका हुन् ।
शान्ति सुरक्षाको व्यवस्थापन, अपराध रोकथाम, नियन्त्रण गर्दा गरेका कार्यहरूको अभिलेख राख्न स्मारिका प्रकाशन गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । स्मारिकामा २०७५ कात्तिकदेखि हालसम्म गरिएका विभिन्न ४१ हजार ८५१ वटा कार्यक्रमका गतिविधि समेटिएको छ ।