
प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाको फोटो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको छ । पद तथा गाेपनीयताकाे शपथ नलिँदै देउवाकाे फोटो राखिएको हो ।
अहिले केहीबेरमा देउवाले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
सर्वोच्चको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।