
राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार पुगेका छन् ।
उनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभारका लागि मंगलबार राति सिंहदरबार पुगेका हुन् ।
देउवा सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री चयन भएका हुन् ।