३० असार २०८३, मंगलबार

भारतीय मिडियाले लेखे – कुण्डलीमा कालयोग भएकाले देउवाको शपथमा ढिलाइ

असार ३०, २०७८
भारतीय मिडियाले लेखे – कुण्डलीमा कालयोग भएकाले देउवाको शपथमा ढिलाइ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथको समाचार भारतीय सञ्चारमाध्यममा फरक ढंगले आएको छ ।

भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले देउवाको कुण्डलीमा साँझ ५ बजेदेखि ८ः२० बजेसम्म कालयोग रहेकाले ढिला शपथ लिइएको लेखेको छ ।

देउवाको शपथ साँझ ८ः२५ बजे भएको लेख्दै आजतकले शपथको ढिलाइको कारणमा ज्योतिषीको सल्लाह मानेको छ ।

तर नियुक्तिपत्रमा नेपालको संविधानको धारा ७६(५) उल्लेख नभएको कारण देखाउँदै शपथअघि विवाद भएको थियो । राष्ट्रपति कार्यालयले संविधानको धारा अनुसार नै नियुक्ति भएको व्यहोरा शपथका क्रममा व्यक्त गरेपछि विवाद समाधान भएको थियो ।

सर्वाेच्च अदालतको परमादेशपछि देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । आजतकले देउवा पूजापाठ, तन्त्रमन्त्र, ज्योतिषशास्त्रमा विश्वास गर्ने प्रधानमन्त्री रहेका लेखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्