२६ असार २०८३, शुक्रबार

अफगानिस्तानमा रिपोर्टिङ गरिरहेका भारतीय पत्रकार सिद्दीकीको हत्या

साउन १, २०७८
अफगानिस्तानमा रिपोर्टिङ गरिरहेका भारतीय पत्रकार सिद्दीकीको हत्या

भारतका फोटोपत्रकार दानिश सिद्दीकीले अफगानिस्तानमा सुरक्षाबलहरूसँग बसेर रिपोर्टिङ गर्ने क्रममा तालिबानले उनको हत्या गरेको भारतका लागि अफगान राजदूत परिद मामुन्दजेले बताएका छन् ।

‘मित्र दानिश सिद्दीकीको बिहीवार हत्या गरिएको दुःखख खबरले आहत बनाएको छ । भारतीय पत्रकार तथा पुलित्जर पुरस्कार विजेता सिद्दीकी अफगान सुरक्षाबलहरूसँग थिए । उनी काबुल जानुभन्दा दुई हप्ताअघि मसँग भेट भएको थियो । उनको परिवार तथा रोयटर्स समाचार संस्थालाई समवेदना,’ मामुन्दजेले ट्वीट गरे । 

सिद्दीकीको मृत्यु कनदहारको स्पिन बोल्दाक जिल्लामा भएको अफगानिस्तानको तोलो न्युज च्यानलले खबर दिएको छ । 

सिद्दीकीले दुई दिनअघि मात्र एक प्रहरीलाई अफगान विशेष बलले उद्धार गरेको खबर रोयटर्समा लेखेका थिए । उनले उक्त कारवाहीको तस्वीर र भिडियो पनि आफ्नो ट्विटर थ्रेडमा राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्