०६ असार २०८३, शनिबार

खाना खाएलगत्तै चिया पिउनु सही कि गलत ?

साउन १, २०७८
खाना खाएलगत्तै चिया पिउनु सही कि गलत ?

तपाईंले खाना खाएलगत्तै चिया पिउने गर्नुभएको छ ? 

छ भने तत्कालै यो बानी त्याग्नुस् । चियामा भएको क्याफिनले शरीरमा कोर्टिसोल वा स्टेरोइड हर्मोन रिलीज गर्छ । यसले पाचनतन्त्रमा असर पार्छ र एसिडिटी , ग्यास, कब्जियत तथा अन्य स्वास्थ्य समस्या ल्याउँछ । 

अनि यसले शरीरलाई भोजनको आवश्यक पोषक तत्त्व सोस्न पनि दिँदैन । 

खाना खाएको कम्तीमा दुई घन्टापछि मात्र चिया पिउने गर्नुस् । भोजनलगत्तै सुप र मिश्री मिसाएर खाँदा हुन्छ । 

चिया पिउन छोडेको राम्रो । बरू ग्रीन वा हर्बल टी पिउनुभयो भने पेटको ग्यास बाहिर निस्कन सजिलो हुन्छ । अनि यसमा भएको एन्टी–अक्सिडेन्ट र पोलीफेनोलले पाचन प्रणाली सही राख्छ । 

खाना खाएलगत्तै चिया पिउँदा मुटु रोग लाग्ने सम्भावना हुन्छ । यसले मुटुको ढुकढुकीलाई अनियमित बनाइदिन्छ र हृदयघातको सम्भावना बढाइदिन्छ । 

तपाईं हाइपरटेन्सन वा उच्च रक्तचापको रोगी हुनुहुन्छ भने भोजनलगत्तै चिया नपिउनुस् । यसले रक्तचाप बढाइदिन्छ । 

चियामा एसिड हुनाले शरीरमा एसिडको मात्रा बढाइदिन्छ । यसले पेटको रोग लगाइदिन्छ । एसिडटीले टाउको दुख्ने समस्या पनि निम्त्याउँछ । 

खाना खाएलगत्तै चिया पिउँदा शरीरले आइरन राम्ररी सोस्न पाउँदैन । त्यसले गर्दा रगतमा हेमोग्लोबिनको कमी हुन्छ । अनि रक्ताल्पतथा भइदिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्