०३ असार २०८३, बुधबार

दार्जीलिङ : गोर्खा जनमुक्ति मोर्चामा अनित थापा बने कार्यकारी अध्यक्ष

साउन १, २०७८
दार्जीलिङ : गोर्खा जनमुक्ति मोर्चामा अनित थापा बने कार्यकारी अध्यक्ष

गोर्खा जनमुक्ति मोर्चा (दोस्रो) मा अनित थापा कार्यकारी अध्यक्ष बनेका छन् । 

बहालवाला अध्यक्ष विनय तामाङले मोर्चाका सबै पदबाट बिहीवार राजीनामा दिएपछि थापा अध्यक्ष बनेका हुन् । 

तामाङ अब विमल गुरुङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चामा जोडिने विभिन्न स्रोतले बताएका छन् । 

अनित थापा यसअघि मोर्चाका महासचिव थिए । उनले शुक्रवार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । 

नेपालीभाषी गोर्खाहरूले सन् १९०७ देखि पश्चिम बंगालबाट बेग्लै राज्य गोर्खाल्यान्डको माग गरिरहेका छन् । आफूहरू बंगालीभन्दा सांस्कृतिक र जातीय रूपमा बेग्लै भएकाले छुट्टै राज्य चाहिने उनीहरूको माग छ । 

तर गोर्खाल्यान्डको माग गर्ने गोर्खा जनमुक्ति मोर्चा नै विभाजित छ । 

यसअघि भएका हिंस्रक प्रदर्शनले पनि गोर्खाल्यान्डको सपना साकार हुन दिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्