३१ जेठ २०८३, आइतबार

७.९९ प्रतिशत ब्याजदरमा ग्लोबल आइएमई बैंकको विशेष आवास कर्जा योजना

७.९९ प्रतिशत ब्याजदरमा ग्लोबल आइएमई बैंकको विशेष आवास कर्जा योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) ब्याजदरमा विशेष आवास कर्जा योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि यो योजना ल्याएको जनाएको छ ।

यस कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

यस योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । 

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने दावी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्