२१ असार २०८३, आइतबार

लुम्बिनी : विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्रीको राजीनामा

लुम्बिनी : विपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्रीको राजीनामा

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । 

प्रदेश सरकारले शुक्रवार अध्यादेशमार्फत् बजेट जारी गरेपछि रुष्ट छ । बलजफ्ती, निरंकुश र स्वेच्छाचारी ढंगले अल्पमतमा रहेको सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने विपक्षी गठबन्धनले बताएको हो ।  

प्रदेश सभामा पेश भएको बजेटमाथिको छलफलपछि निर्णयार्थ पेश गर्न लाग्दा पास नहुने देखेपछि हठात् मानसिकताबाट ग्रसित भई अधिवेशनको अन्त्य गरेर सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम रहेको विपक्षी गठबन्धनको ठहर छ । 

नेपाली कांग्रेसका दलका नेता वीरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपालका दलका नेता सहस्रराम यादव र राष्ट्रिय जनमोर्चाका दलका नेता तारा जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस परिघटनाले शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दछ ।’ 

कांग्रेस प्रमुख सचेतक फकरुद्दिन खाँनले संसदीय इतिहासमा सरकारले निर्लज्जता प्रस्तुत गरेको बताए । ‘तसर्थ अध्यादेशबाट बजेट ल्याई बलजफ्ती निरंकुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिई संसदीय परम्पराअनुसार बजेट पारित गर्न जोडदार माग गर्दछौं,’ खाँनले भने । 

salt training

कमेन्ट गर्नुहोस्