३० जेठ २०८३, शनिबार

ट्रयाक्टर र टेम्पो ठोक्किँदा २ जनाको मृत्यु

साउन १, २०७८
ट्रयाक्टर र टेम्पो ठोक्किँदा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी शुक्रवार २ जनाले ज्यान गुमाएका छन् ।

भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्रयाक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र करीब ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्