०७ असार २०८३, आइतबार

राष्ट्रपतिमाथि खनिए महान्यायाधिवक्ता

राष्ट्रपतिमाथि खनिए महान्यायाधिवक्ता

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताएका छन् ।

पदभार ग्रहणपछि महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको बताएका हुन् ।
“शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो” उनले भने । नेपाल  सरकारकोे  कानूनी सल्लाहकारको रुपमा राष्ट्रपति समक्ष प्र्रधानन्यायाधीशले  शपथ ग्रहण गराउनुपर्छ,तर राष्ट्रपति कार्यालयले त्यसो गरेन । जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँँछ भन्ने दृष्टिकोणले शपथ  गराइएको महान्यायाधिवक्ता खातीले बताए ।
यस्तै महान्याधीवक्ता खातीले आफूमाथि ठूला चुनौैतिसँगै अवसर पनि रहेकोले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।

यसैबीच राष्ट्रपति कार्यालयले भने कोरोना महामारीको कारणसमेतले गर्दा शीतल निवासमा शपथको कार्यक्रम नराखिएको बताएको छ 

salt training

कमेन्ट गर्नुहोस्