२७ असार २०८३, शनिबार

माओवादीको भागमा परेपछि कानूनमन्त्री राजीनामा दिँदै, नयाँ मन्त्रीको शपथ आजै

माओवादीको भागमा परेपछि कानूनमन्त्री राजीनामा दिँदै, नयाँ मन्त्रीको शपथ आजै

नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउन २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिने भएका छन् ।

लोकान्तरसँग कुरा गर्दै मन्त्री यादवले पार्टीको निर्णय बमोजिम अबको केही घण्टामा राजीनामा दिने जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र आन्तरिक विवाद चर्किएपछि मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साथ खोजेका थिए । माओवादीले प्रदेश सरकारलाई समर्थन गरेपनि भागबण्डा नमिल्दा सरकारमा सहभागी भएको थिएन । कांग्रेस सरकारमा सहभागी भइसकेको छ ।

अब माओवादी संसदीय दलका नेता भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । आज शनिवारै दिउँसो ३ बजे साहको शपथ कार्यक्रम रहेको जनाइएको छ ।

सरकारमा सहभागी हुने निर्णय भएको र १/१ मन्त्री र राज्यमन्त्री सरकारमा सहभागी हुने नेता साहले बताए । माओवादीबाट राज्यमन्त्री बनेर समानुपातिक सांसद रुवी कर्ण सरकारमा सहभागी हुने भएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्