×

NMB BANK
NIC ASIA

विद्यालय परिसरमै तरकारी फलाउँदै विद्यार्थी

साउन २, २०७८

NTC
फाइल फोटो
Premier Steels

झापा गाउँपालिका–६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् ।

Muktinath Bank

कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने ९–१२ कक्षासम्मका १५० बढी विद्यार्थीले विद्यालय परिसरमै ५ कठ्ठा जमिनमा सामूहिक तरकारी खेती गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पढाइसँगै व्यावहारिक शिक्षामा पनि दक्ष बनाउने उद्देश्यले तरकारी खेती गर्न लगाइएको विद्यालयका प्रधानाध्यापक सूर्यकान्ता राउतले बताए ।


Advertisment
Nabil box
Kumari

विद्यार्थीले यतिबेला काक्रा, फर्सी, करेला, भिण्डी लगायतका तरकारी फलाएका छन् । सो तरकारी बिक्रीबाट आएको आम्दानीमध्ये ५० प्रतिशत रकम विद्यार्थी उद्यम कोषमा जम्मा गर्ने र आधा रकम विद्यार्थीलाई बाँडिदिने गरेको उनले जानकारी दिए । 

Vianet communication

विद्यार्थीले विद्यालयमा कुखुरापालन समेत गर्दै आएका छन् । कोभिड–१९ का कारण लामो समय विद्यालय बन्द भएपछि सबै कुखुरा बिक्री गरिदिएको र शैक्षिक सत्र शुरू हुनसाथ पुनः पाल्न शुरू गरिने उनको भनाइ छ । यस वर्षको शैक्षिक सत्र शुरू हुनासाथ माछासमेत पालन गरिने छ ।

माछापालनका लागि विद्यार्थीले पोखरी तयार गरिसकेका छन् । विद्यार्थीले कोषमा जम्मा गरेको रकममा विद्यालयले आवश्यक रकम थप गरेर आधुनिक र नमूना कृषि फार्म भएका देशका विभिन्न स्थानमा अध्ययन भ्रमणका लागि विद्यार्थीलाई समूह–समूह बनाएर पठाउने गरेको प्रधानाध्यापक राउतले जानकारी दिए ।

विद्यार्थीले गरिरहेको परम्परागत खेतीलाई आधुनिक प्रविधिबाट सिकाउने उद्देश्यले परियोजनाले आव २०७७/७८ मा १० लाख रुपैयाँ रकम लगानी गरिदिएको छ । परियोजनाको ‘प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन’ कार्यक्रम अन्तर्गत तरकारी खेतीका लागि प्लास्टिक टनेल २ वटा, तरकारी स्थायी नर्सरी निर्माणका लागि एउटा, च्याउ उत्पादन, कुखुरापालन र तरकारी खेती कार्यक्रम रहेका छन् । 

‘आजका विद्यार्थी भोलिका कृषिका विज्ञ प्राविधिक हुन्,’ परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले भने, ‘उनीहरूलाई परम्परागत खेतीभन्दा आधुनिक तरिकाले प्राविधिक सीप सिकाउनुपर्छ, त्यही कारण विद्यालयसँग साझेदारीमा लगानी गरिदिएका हौं ।’

विक्रम संवत् २०२९ सालमा स्थापना भएको विद्यालयमा विक्रम संवत् २०७४ सालदेखि ९ कक्षाबाट कृषि बाली विज्ञानको पढाइ शुरू भएको हो । हाल १२ कक्षासम्म विद्यार्थीले यो विषयमा अध्ययन गरिरहेका छन् ।

कृषि विज्ञानका लागि सरकारले ४८ कोटा दिएको प्रम राउतको भनाइ छ । यस विद्यालयमा अध्ययनरत प्रतिविद्यार्थीका लागि लाग्ने वार्षिक शुल्क १२ हजार रुपैयाँमध्ये झापा गाउँपालिकाले ९ हजार २०० तिरिदिने गरेको छ । बाँकी रकम विद्यार्थी आफैंले उत्पादन गरेको तरकारीबाटै व्यवस्थापन भइरहेको उनले बताए ।

विद्यालयमा अध्ययन गर्नका लागि छिमेकी पालिका बाह्दशीबाट समेत विद्यार्थी आउने गरेका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयमा प्राविधिक विषयका कारण विद्यार्थीको आकर्षण बढ्ने गरेको छ । अधिकांश प्राविधिक विषयको पढाइ अंग्रेजीमा हुने हुँदा ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा निकै सकस हुने गरेको उनको भनाइ छ । – चन्द्रकला भण्डारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x