२९ जेठ २०८३, शुक्रबार

राप्रपा नेता धवलशमशेरले भने- नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?

राप्रपा नेता धवलशमशेरले भने- नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशमशेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्व आवश्यक रहेको बताएका छन् । 

ट्वीट गर्दै उनले सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक रहेको बताएका हुन् । 

यस्तै उनले राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषय पार्टी र नेतृत्व कमजोर नहुने बताएका छन् । 

‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?,’ उनले लेखेका छन्, ‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन् ।’

नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यसअघि नै राप्रपाको अध्यक्ष पदमा दाबी गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्