०६ साउन २०८३, बुधबार

जसपा : महन्थ पक्षका पाँच सांसद उपेन्द्र कित्तामा

जसपा : महन्थ पक्षका पाँच सांसद उपेन्द्र कित्तामा

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । 

सांसदहरू नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरि, रुही नाथ र प्रमोद साह यादव पक्षको बैठकमा सहभागी भएका हुन् । 

अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा यादव पक्षको संसदीय बैठक चलिरहेको छ । सो बैठकमा उनीहरू सहभागी भएका छन् । 

जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षबीचको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्