२२ जेठ २०८३, शुक्रबार

देउवा सरकारसँग नेमकिपाको माग, भारतसँगको खुला सीमा नियन्त्रण !

कात्तिक २०, २०७४
देउवा सरकारसँग नेमकिपाको माग, भारतसँगको खुला सीमा नियन्त्रण !

काठमाडौं २६ जेठ– नेपाल मजदुर किसान पार्टीले खुला सीमा कारण सीमावर्ती क्षेत्रमा अपराधका घटना बढेको भन्दै भारतसँगको खुला सीमा नियन्त्रणका लागि कुटनीतिक पहल गर्न सरकारसंग माग गरेको छ ।

सो पार्टीले भारतद्वारा अतिक्रमित भूमि फिर्ता र हराएका सीमा स्तम्भ पुनस्थापित गर्न पनि माग गरेको छ ।

व्यबस्थापिका संसदको शुक्रवार बसेको बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवालाई शुभकामना दिँदै नेमकिपाका सांसद प्रेम सुवालले भारतीय बाँधका कारण नेपालको भूमि डुवानमा परेको, सशस्त्र सीमा सुरक्षा बलका जवान नेपाल प्रवेश गरेर नेपालीलाई गोली हानी हत्या गरेको समयमा मुलुकको सार्वभौमिकता रक्षाका लागि खुला सीमा नियन्त्रण गर्नुपर्ने माग गरेका हुन् । नेपकिपाले भारतसँगको खुला सीमामा काडेतार लगाउन माग गर्दै आएको छ ।

सुवालले प्रगतीशिल कर प्रणाली लागू गर्न, भारतबाट विजुली ल्याएर नेपालको लोडसेडिङ अन्त्य गर्ने र नेपालका खोला नदी बेच्ने आत्मघाती काम नगर्न माग गरे ।

बैदेशिक रोजगारीको नाममा नेपाली युवाहरु विदेशमा दास जस्तै बन्न पुगेको भन्दै उनीहरुलाई फिर्ता गरेर स्वदेशमै रोजगारीको व्यबस्थ ागर्न मागग गरे ।

salt training

कमेन्ट गर्नुहोस्