१४ असार २०८३, आइतबार

गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता

गोरखामा काठे पुलबाट खसेर एकजना बेपत्ता

गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।

साउन १ गते राति करीब १ बजेको समयमा पुलबाट खसेका गुरुङको जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीद्वारा खोजी भइरहेको छ ।

त्यसैगरी अविरल वर्षासँगै गएको पहिरोले आज बिहान बागलुङ नगरपालिका–३ हाँडेपाखामा एउटा पिकअप जीपलाई क्षति पुर्‍याएको छ ।

पार्किङ गरिराखेको प्रदेश ०३–०१–०२२ च ९४१८ नम्बरको सो जीप राखेको ठाउँमा पहिरोसँगै ८०/८५ मिटर तल पुगी पूर्णरुपमा क्षति भएको हो । उक्त घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्