२३ असार २०८३, मंगलबार

उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने, ७ मन्त्रालय माग

उपेन्द्र यादव समूह सरकारमा सहभागी हुने, ७ मन्त्रालय माग

विपक्षी गठबन्धनमा लागेर तत्कालीन केपी ओली नेतृत्वको सरकारविरुद्ध लागेको जसपाको उपेन्द्र यादव समूह शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

यादव समूहको संसदीय दलको बैठकले  देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । बैठकमा बहुमत सांसदहरुको सहभागिता रहेको थियो ।

जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम रहेको ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न  बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाउने बैठकले निर्णय समेत भएको हो ।  

 जसपाको यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीनजना राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताए । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् ।  पार्टीका अर्का अध्यक्ष महन्त ठाकुरको पक्षका केही सांसद पनि यादव पक्षमा आएको बताइएको छ ।

पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ ।
यसैबीच यादव समूहले देउवासँग ७ मन्त्रालय मागेको छ । मधेस आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्तालगायतका माग पनि यादव समूहले राखेको छ । 

salt training

कमेन्ट गर्नुहोस्