१२ साउन २०८३, मंगलबार

ओली भेट्न बालकोट पुगे एमालेको पूर्व कार्यदलका सदस्य

ओली भेट्न बालकोट पुगे एमालेको पूर्व कार्यदलका सदस्य

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबारको स्थायी कमिटी बैठकबाट कार्यदलमा जुटेको १० बुँदे सहमति अनुमोदन गरेर ओलीले कार्यदल भंग गरेका थिए ।

तर, पार्टीभित्र समस्या समाधान हुने छाँटकाट नदेखिएपछि कार्यदल भंग भएपनि उनीहरुले दौडधुप जारी राखेका छन् ।
सो क्रममा उनीहरुले पार्टी एकतामा जोड दिँदै दुबै पक्ष लचक बन्नुपर्ने धारणा राखेका थिए ।

सो क्रममा ओलीले पार्टी एकताको सम्भावना कम रहेको तर प्रयास भने जारी राख्न अनुरोध गरेका छन् ।
विघटित कार्यदलमा रहेका एक नेताका अनुसार एकताका लागि दवाव दिन आइतबार वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्ने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्