प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ।
शनिवार राति भएको खेलमा बायर्न बुन्डेस लिगा प्रतिद्वन्दी एफसी कोल्नसँग ३-२ गोल अन्तरले पराजित भएको हो।
एमएस टेक्नोलोजी एरिनामा शुरूवाती एक गोलको अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो।