×

NMB BANK
NIC ASIA

गलकोटका दर्जन गौरवका योजना पूरा

साउन ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङको गलकोट नगरपालिकाले तीन वर्षअघि थालेको वडास्तरीय गौरवका योजना पूरा गरेको छ ।

Muktinath Bank

नगरका ११ वटामा प्रत्येक एक÷एक वडामा फरक–फरक योजना समावेश गरी गौरवको योजनामा समावेश गरिएको थियो । चार वर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचित भएर आएपछि जनप्रतिनिधिले वडाको आवश्यकताका आधारमा बजेटको सुनिश्चिततासँगै छनोट गरेको तीन दर्जन आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए। गौरवका आयोजना छनोट गर्दा एक वडामा एक आयोजना भौगोलिक तथा सामाजिक मूल्याङ्कनका आधारमा गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

गौरवका योजनामध्ये कुनै वडामा पक्की सडक, कुनैमा स्वास्थ्य चौकी, कुनै वडामा वडा कार्यालय त कुनैमा सभाहल निर्माण गरिएको हो । गौरवका आयोजनामा लगातार रु २० देखि ६० लाखसम्मको बजेट बर्सेनि विनियोजन गरेर सम्पन्न गरिएको हो ।

Vianet communication
Laxmi Bank

“गौरवका आयोजनामा पहिलो वर्ष रु २० देखि ३० लाख विनियोजन गरेका थियौँं, यसलाई दोस्रो वर्ष थप गर्दै रु ४० देखि ६५ लाख र तेस्रो वर्ष सम्पन्न नभएका र बजेटको आवश्यकताका आधारमा विनियोजन गरेका थियौँ”, नगरप्रमुख गैरेले भने, “नगरले गर्व गर्न लायकका योजना सम्पन्न भएका छन्, जसका कारण सबै वडामा समानुपातिक विकाससमेत भएको छ ।” 

गौरवका योजनामध्ये गलकोट–१ मा स्वास्थ्यचौकीको भवन निर्माणमा दुई रोपनी जग्गा व्यवस्थापन गरिएको छ । गलकोटमा निःशुल्क जग्गा पाउन सक्ने अवस्था नभएपछि जग्गा खरिदमा समेत नगरपालिकाले ठूलो रकम खर्च गरेको छ । अहिले स्वास्थ्यचौकी निर्माणको काम शुरु भएको छ । यस्तै वडा नं २ मा वडा कार्यालय भवन व्यवस्थापन र नगर सभाहल निर्माण भएको छ ।

दुई वर्षदेखि नगरपालिकाका सबै गतिविधि यही नगरसभामा भइरहेको नगरपालिकाका प्रवक्ता तथा गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । सभाहलसँगै वडा कार्यालय व्यवस्थापनका लागि करिब रु ७० लाख खर्च भइसकेको छ । 

यस्तै वडा नं ३ ले बाइसे÷चौबीसे राज्यका पालामा गलकोटमा राज्य चलाउने कोतघरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि गौरवको योजना पूरा गरेको छ । कोत घरको मर्मत, पर्खाल, पदमार्ग तथा कोतघरमा अजङ्गका खुकुरी र खुँडा राखिएको छ । उक्त खुकुरी र खुँडा हेर्न पर्यटकसमेत पुग्ने गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए ।

कोतघर पुग्ने सडकसमेत फराकिलो बनाइएको छ । ऐतिहासिक महत्वको कोतघरमा चैतेदशैँ र बडादशैँमा मेला लाग्छ । कोतघर संरक्षण, खानेपानी र पदमार्गमा नगरपालिकासँगै गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले समेत लगानी गरेको छ ।

नगरपालिका स्थापना भइसकेपछि चार वर्षको अवधिमा झण्डै रु ५० लाख खर्च भइसकेको छ । पदमार्गलाई पूर्णता दिन भने थप रु नौ लाख बजेट विनियोजन गरिएको छ । कोतघरमा राखिएका खुकुरी र खुँडा नेपालमै ठूलो भएको दाबीसमेत वडा कार्यालयको छ । 

यस्तै वडा नं ४ मा मध्यपहाडी राजमार्गबाट वडासम्म पुग्ने सडक कालोपत्र गरिएको छ । नगरपालिकाले रु ५० लाख खर्चेर सडक कालोपत्र गरेको छ । यस्तै नगरपालिकाको पुरानो बजार रहेको वडा नं ५ को हरिचौर बजार ढलान गरेको छ । तीन वर्ष लगाएर करिब रु एक करोडभन्दा बढी खर्चेर झण्डै ९०० मिटर सडक ढलान गरिएको छ । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको हरिचौर बजार व्यवस्थित गरिएको वडाध्यक्ष नारायणध्वज मल्लले बताए । हरिचौरमा रहेको गलकोट दरबार हेर्न आउने पर्यटकले पुरानो बजारसमेत अवलोकन गर्ने गरेको मल्लको भनाइ  छ । 

यस्तै वडा नं ६ ले मजुवाबाट ढलेपिपल क्षेत्रमा बस्ती विकास मापदण्डअनुसारको सडक निर्माण गरेको छ । यस सडक नालीसहितको छ । समयमै सडक बनाएपछि बस्ती विकासलाई सहयोग पुग्ने, ताराखोलातर्फ जाने सडक पनि नियमित चल्ने अवस्थाको भएको छ । यस्तै  वडा नं ७ ले आँगखेतबाट सानोखोलासम्मको सडक स्तरोन्नति गरेको छ भने वडा नं ८ मा सभाहलसहितको वडा कार्यालय बनेको छ । सुविधासम्पन्न र आकर्षक उक्त भवनमा रु ६४ लाख खर्च भएको छ । यस्तै  वडा नं ९ ले बरेखानीमा सडक पु¥याएको छ । वडा नं १० ले सिद्धथान गैराबारी सडक र वडा नं ११ ले मल्मबाट रिघासम्मको सडक स्तरोन्नति गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x