कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बागलुङको गलकोट नगरपालिकाले तीन वर्षअघि थालेको वडास्तरीय गौरवका योजना पूरा गरेको छ ।
नगरका ११ वटामा प्रत्येक एक÷एक वडामा फरक–फरक योजना समावेश गरी गौरवको योजनामा समावेश गरिएको थियो । चार वर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।
निर्वाचित भएर आएपछि जनप्रतिनिधिले वडाको आवश्यकताका आधारमा बजेटको सुनिश्चिततासँगै छनोट गरेको तीन दर्जन आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए। गौरवका आयोजना छनोट गर्दा एक वडामा एक आयोजना भौगोलिक तथा सामाजिक मूल्याङ्कनका आधारमा गरिएको थियो ।
गौरवका योजनामध्ये कुनै वडामा पक्की सडक, कुनैमा स्वास्थ्य चौकी, कुनै वडामा वडा कार्यालय त कुनैमा सभाहल निर्माण गरिएको हो । गौरवका आयोजनामा लगातार रु २० देखि ६० लाखसम्मको बजेट बर्सेनि विनियोजन गरेर सम्पन्न गरिएको हो ।
“गौरवका आयोजनामा पहिलो वर्ष रु २० देखि ३० लाख विनियोजन गरेका थियौँं, यसलाई दोस्रो वर्ष थप गर्दै रु ४० देखि ६५ लाख र तेस्रो वर्ष सम्पन्न नभएका र बजेटको आवश्यकताका आधारमा विनियोजन गरेका थियौँ”, नगरप्रमुख गैरेले भने, “नगरले गर्व गर्न लायकका योजना सम्पन्न भएका छन्, जसका कारण सबै वडामा समानुपातिक विकाससमेत भएको छ ।”
गौरवका योजनामध्ये गलकोट–१ मा स्वास्थ्यचौकीको भवन निर्माणमा दुई रोपनी जग्गा व्यवस्थापन गरिएको छ । गलकोटमा निःशुल्क जग्गा पाउन सक्ने अवस्था नभएपछि जग्गा खरिदमा समेत नगरपालिकाले ठूलो रकम खर्च गरेको छ । अहिले स्वास्थ्यचौकी निर्माणको काम शुरु भएको छ । यस्तै वडा नं २ मा वडा कार्यालय भवन व्यवस्थापन र नगर सभाहल निर्माण भएको छ ।
दुई वर्षदेखि नगरपालिकाका सबै गतिविधि यही नगरसभामा भइरहेको नगरपालिकाका प्रवक्ता तथा गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । सभाहलसँगै वडा कार्यालय व्यवस्थापनका लागि करिब रु ७० लाख खर्च भइसकेको छ ।
यस्तै वडा नं ३ ले बाइसे÷चौबीसे राज्यका पालामा गलकोटमा राज्य चलाउने कोतघरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि गौरवको योजना पूरा गरेको छ । कोत घरको मर्मत, पर्खाल, पदमार्ग तथा कोतघरमा अजङ्गका खुकुरी र खुँडा राखिएको छ । उक्त खुकुरी र खुँडा हेर्न पर्यटकसमेत पुग्ने गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए ।
कोतघर पुग्ने सडकसमेत फराकिलो बनाइएको छ । ऐतिहासिक महत्वको कोतघरमा चैतेदशैँ र बडादशैँमा मेला लाग्छ । कोतघर संरक्षण, खानेपानी र पदमार्गमा नगरपालिकासँगै गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले समेत लगानी गरेको छ ।
नगरपालिका स्थापना भइसकेपछि चार वर्षको अवधिमा झण्डै रु ५० लाख खर्च भइसकेको छ । पदमार्गलाई पूर्णता दिन भने थप रु नौ लाख बजेट विनियोजन गरिएको छ । कोतघरमा राखिएका खुकुरी र खुँडा नेपालमै ठूलो भएको दाबीसमेत वडा कार्यालयको छ ।
यस्तै वडा नं ४ मा मध्यपहाडी राजमार्गबाट वडासम्म पुग्ने सडक कालोपत्र गरिएको छ । नगरपालिकाले रु ५० लाख खर्चेर सडक कालोपत्र गरेको छ । यस्तै नगरपालिकाको पुरानो बजार रहेको वडा नं ५ को हरिचौर बजार ढलान गरेको छ । तीन वर्ष लगाएर करिब रु एक करोडभन्दा बढी खर्चेर झण्डै ९०० मिटर सडक ढलान गरिएको छ । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको हरिचौर बजार व्यवस्थित गरिएको वडाध्यक्ष नारायणध्वज मल्लले बताए । हरिचौरमा रहेको गलकोट दरबार हेर्न आउने पर्यटकले पुरानो बजारसमेत अवलोकन गर्ने गरेको मल्लको भनाइ छ ।
यस्तै वडा नं ६ ले मजुवाबाट ढलेपिपल क्षेत्रमा बस्ती विकास मापदण्डअनुसारको सडक निर्माण गरेको छ । यस सडक नालीसहितको छ । समयमै सडक बनाएपछि बस्ती विकासलाई सहयोग पुग्ने, ताराखोलातर्फ जाने सडक पनि नियमित चल्ने अवस्थाको भएको छ । यस्तै वडा नं ७ ले आँगखेतबाट सानोखोलासम्मको सडक स्तरोन्नति गरेको छ भने वडा नं ८ मा सभाहलसहितको वडा कार्यालय बनेको छ । सुविधासम्पन्न र आकर्षक उक्त भवनमा रु ६४ लाख खर्च भएको छ । यस्तै वडा नं ९ ले बरेखानीमा सडक पु¥याएको छ । वडा नं १० ले सिद्धथान गैराबारी सडक र वडा नं ११ ले मल्मबाट रिघासम्मको सडक स्तरोन्नति गरेका छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...