२८ जेठ २०८३, बिहीबार

अफगान राजदूतकी छोरीमाथि पाकिस्तानमा कुटपिट र धम्की

साउन ३, २०७८
अफगान राजदूतकी छोरीमाथि पाकिस्तानमा कुटपिट र धम्की

पाकिस्तानको राजधानी इस्लामाबादमा अफगान राजदूत नजीबुल्लाहकी २७ वर्षीया छोरीलाई अपहरणपछि कुटपिट गरेर छोडेको घटना सार्वजनिक भएको छ । 

उनको शलमा धम्कीपूर्ण सन्देश पनि राखिएको थियो । 

अफगान दूतावासले बयान जारी गर्दै भन्यो, ‘राजदूत नजीबुल्लाहकी छोरी सेलसेला अलीखेल इस्लामाबादको ब्लु एरियाबाट भाइका लागि उपहार लिएर आउँदै थिइन् । उनी ट्याक्सीमै हुँदा एकजना व्यक्ति जबर्जस्ती त्यहाँ बस्न आयो । सेलसेलाले ट्याक्सीचालकसँग यसको विरोध गर्दा त्यो व्यक्तिले उनलाई गालीगलौज गर्‍यो र तिम्रा पिता कम्युनिस्ट हुन्, हामी उनीहरूलाई छोड्दैनौं भन्यो । कुटपिटपछि युवती बेहोश भइन् र उनलाई के भयो भन्ने याद छैन । उनलाई बेलुका ६ बजेतिर होश आयो र एउटा बटुवाले उनी एफ–७ सेक्टरमा रहेको बतायो ।’

ती युवतीको शलमा एउटा टिस्यु पेपर र ५० रुपैयाँको नोट फेला परेको छ । त्यसमा ‘अर्कोपालि तिमीलाई कारवाही’ र ‘कम्युनिस्ट’ लेखेको थियो । 

सेलसेलाको जुत्ता र मोबाइल फोन हराएको छ । होशमा आउँदा उनको गोडामा पुरुषको जुत्ता थियो । उनको उपचार एक स्थानीय अस्पतालमा चलिरहेको छ । 

घटनापछि काबुलले इस्लामाबादलाई फोन गरेर आफ्ना कूटनीतिकर्मी र उनीहरूको परिवपारलाई अन्तर्राष्ट्रिय सम्झौताअनुसार पूर्ण सुरक्षा दिन भनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्