भारतको मुम्बईमा शनिवार राति अत्यधिक वर्षा भएको छ ।
त्यसले शहरका विभिन्न भागलाई अस्तव्यस्त बनाएको छ । शहर डुबानमा परेको छ ।
केही इलाकामा लोकल ट्रेन सेवा र यातायात समस्यामा परेको छ ।
आइतवार बिहान पनि पानी परिरहेको छ । सडकहरू तलाउ जस्ता भएका छन् ।
पानी पसेपछि सडकमा रोकिरहेको एउटा कार समेत बगाइदिएको छ । बोरीवली क्षेत्रमा कार बगेको हो ।
चेम्बुर इलाकामा बाढीका कारण १२ जनाको मृत्यु भइसकेको छ ।
कतिपय घरमा पानी पसेको छ । कान्दिवलीको हनुमान नगर इलाकामा वर्षाको पानी अत्यधिक जम्मा भएर घरमा पसेपछि मानिसहरूको बिजोक भएको छ ।
#WATCH | Maharashtra: Rainwater entered Mumbai's Borivali east area following a heavy downpour this morning pic.twitter.com/7295IL0K5K
— ANI (@ANI) July 18, 2021