०६ असार २०८३, शनिबार

आर्थिक वर्षको शुरूआतमा शेयर बजारमा उछाल, २० मिनेटमै ४६ अंकले बढ्यो नेप्से

आर्थिक वर्षको शुरूआतमा शेयर बजारमा उछाल, २० मिनेटमै ४६ अंकले बढ्यो नेप्से

आर्थिक वर्ष २०७८/०७९ मा शेयर कारोबार भएको पहिलो दिन आइतवार शुरूबाटै नेप्से परिसूचक उकालो लागेको छ ।

कारोवार शुरू भएको पहिलो २० मिनेटमा नेप्से परिसूचक ४६ अंकले उकालो लागेको हो ।

पछिल्लो केही दिनयता नेप्से खासै उकालो लाग्न सकेको थिएन ।

नयाँ आर्थिक वर्षको शुरूआत र अर्थमन्त्रीले दिएको सकारात्मक प्रतिक्रियाका कारण बजारमा राम्रो प्रभाव परेको हुनसक्ने अनुमान गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा लगानीकर्ताको हितअनुकूल हुने गरी काम गर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्